१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत २५ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत २५ शनिबार १३:३९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

उद्योग मन्त्रालयले चालू बजेट खर्च गर्न सकेन : मन्त्री रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत २५ शनिबार १३:३९:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालू आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन्।

शुक्रबार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनमा चालू आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको उल्लेख गरे।

उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताए। निर्यात व्यवसायीले देशको व्यापार घाटा कम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मन्त्री रिजालले नेपालका दुवै छिमेकी देश ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको औँल्याए।

‘ट्रेड ब्यालेन्सको यो जुन ग्याप छ, यसलाई पूरा नगरी मुलुक अघि बढ्न सक्दैन। आजको युग भनेको ओपन मार्केटमा गइसकेको युग, तपाईंहरूले आफैँ पनि प्रतिस्पर्धा गर्नुपर्छ। सरकारले सहयाेग गर्नुपर्छ, तपाईंहरूलाई सहयोग गर्न सरकार तयार छ, तपाईंहरूले बढी प्रयास गर्नुपर्छ,’ उनले भने।