भूकम्पप्रतिरोधी २७ घर हस्तान्तरण

२०७५ चैत २९ शुक्रबार ०७:४२:००

इन्टरनेसनल नेपाल फेलोसिप (आइएनएफ) ले दोर्दी गाउँपालिकामा निर्माण गरेका भूकम्पप्रतिरोधी २७ घर समुदायलाई हस्तान्तरण गरेको छ ।

गाउँपालिकामा रहेका अपांगता भएका परिवार र असहायका लागि घर निर्माण गरिदिएको हो । भूकम्पप्रतिरोधी तथा अपांगतामैत्री घरहरू नेकपा संसदीय दलका नेता देव गुरुङले बिहीबार हस्तान्तरण गरे । कार्यक्रममा उनले निजी आवास पुनर्निर्माणमा ढिलाइ भइरहेकोप्रति चिन्ता व्यक्त गरे । यद्यपि, गैरसरकारी संस्थाहरूले पुनर्निर्माणमा सघाइरहेको भन्दै प्रशंसा गरे ।  

टियर फन्ड युकेको आर्थिक सहयोगमा सेल्टर परियोजना दोर्दीमार्फत नमुना अवास भवन निर्माण भएको लमजुङस्थित परियोजना संयोजक दिनेश कुँवरले बताए ।