१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनसरोकारका विषयमा मन्त्रीहरू उपस्थित भएर जवाफ दिनुपर्छ : सांसद पाण्डे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१७:oo

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले सांसदहरूले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरूले संसदमा उपस्थित भएर अनिवार्य रूपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग  गरेका छन्। 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराए। उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मूकदर्शक भएर बस्यो भने संसद्को अर्थ नहुनेतर्फ पनि सचेत गराए। 

उनले भने, ‘संसद् जनताको समस्या पोख्ने थलो हो । जनताका समस्या यहाँ हामी पोख्छौँ । तर, सरकार मूकदर्शक भएर बस्यो भने आमजनताबीच त्यो संसद्प्रति कस्तो धारणा बन्ला । त्यसैले सभामुख महोदय, म गम्भीरतापूर्वक अब आइन्दा हरेक दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु– हरेक दिन एकजना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरूले यहाँ उठेका प्रश्नको उत्तर दिनेखालको परिस्थिति बनोस् । सभामुख महोदयले रुलिङ गरियोस् भन्ने माग गर्दछु।’

सांसद पाण्डेले संसद्प्रति सरकारलाई जवाफदेही बनाउन पनि मन्त्रीहरूले सांसदहरूले संसदमा उठाएको प्रश्नहरूको अनिवार्य जवाफ दिनुपर्ने आवश्यकतासमेत औँल्याए।