१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

उद्योग वाणिज्य महासंघको सदस्यमा केसी निर्विरोध निर्वाचित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १८:२o:oo

नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनील केसी उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। द्विराष्ट्रिय उद्योग वाणिज्य संघको तर्फबाट उनको मात्रै उम्मेदवारी परेपछि उनी स्वतः निर्वाचित भएका हुन्।

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिबारे चिन्तन संस्थान ‘एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआइडिआइए)’का उनी प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक हुन्। पछिल्लोपटक भारतका तत्कालीन विदेशसचिव हर्षवर्धन श्रृंगला नेपाल भ्रमणमा आएका वेला एआइडिआइएद्वारा आयोजित प्रवचनलाई सम्बोधन गरेका थिए।

दाङ स्थायी घर भएका केसी तीनवर्षे कार्यकालका लागि निर्वाचित भएका हुन्। केसीले महासंघको उद्देश्य प्राप्तिका लागि आफूले इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिएका छन्। 
 

ad
ad