मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत २० सोमबार
  • Friday, 18 July, 2025
२o७९ चैत २० सोमबार १६:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शुभसाइत गरेर न्याैपानेले दर्ता गरे उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत २० सोमबार १६:२६:oo

चितवन निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दर्ता गराएका छन्। एमाले जिल्ला पार्टी अध्यक्षसमेत रहेका न्यौपानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएपछि  यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। 

पार्टी कार्यालयमा पार्टीका उपाध्यक्ष सुरेन्द्र पाण्डे, पूर्वमन्त्री गोकुल बाँस्कोटासहितले दही ख्वाएर शुभसाइत गराएका थिए। पार्टी कार्यालयमा लामा र ब्राह्मणका गुरुले मन्त्र जपेर आशीर्वाद दिएका थिए। उपनिर्वाचन आगामी १० वैशाखमा हुँदै छ।