
दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगन्जमा लगेर अलपत्र पार्ने सीता एयर प्रालिमाथि नियमनकारी निकायले छानबिन प्रक्रिया अगाडि बढाएको छ । १५ चैतमा दाङबाट काठमाडौं उड्नुपर्ने जहाजले विनाजानकारी नेपालगन्जमा अवतरण गरी यात्रुलाई अलपत्र छाडेर हुम्ला उडान गरेको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सीता एयरले यात्रुलाई अलपत्र पारेर अन्य सेक्टरमा उडान गर्न गएको विषयमा ध्यानाकर्षण भएको र छानबिन प्रक्रिया अगाडि बढाएको जनाएको छ । यदि छानबिनका क्रममा सीता एयरको लापरबाही भेटिएमा कानुनबमोजिम कारबाही गर्ने क्यानले जनाएको छ ।