Skip This
कुटपिटमा परेपछि विषादी सेवन, युवकको मृत्यु, दुईजना पक्राउ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १९ आइतबार
  • Saturday, 27 July, 2024
२o७९ चैत १९ आइतबार १३:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुटपिटमा परेपछि विषादी सेवन, युवकको मृत्यु, दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १९ आइतबार १३:२७:oo

सिराहाको लहान नगरपालिका– ८ का एक युवकले कुटपिटमा परेपछि विषादी सेवन गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा सोधपुछका लागि दुईजनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

घटनाको अनुसन्धानका लागि राजलाल साह र उनका नाति भीम साहलाई आइतबार बिहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। लहान– ८ घर भई स्थानीय प्रिया जनरल स्टोरमा कार्यरत २१ वर्षीय हरिभजन मण्डलको शनिबार राति घर फर्किने क्रममा स्थानीय राजलाल साहले अन्डा बेच्ने ठेलाले पछाडिबाट धक्का दिएपछि सामान्य विवाद भएको थियो। विवादपछि घर पुगेका मण्डललाई पछ्याउँदै गएका साहले आफ्ना छोरा शिव, भोला र नाति भीमलाई बोलाएर कुटपिट गरेकाे प्रत्यक्षदर्शी छिमेकीहरूले बताए।

कुटपिटपछि गम्भीर घाइते भएका मण्डललाई छिमेकीहरूको सहयोगमा बाबु रामकुमार मण्डलले उपचारका लागि स्थानीय नर्सिङ होम पुर्‍याएका थिए। त्यहाँ पुर्‍याएलगत्तै दुई–तीनपटक बान्ता गरेका मण्डलको अवस्था गम्भीर बन्दै गएपछि तत्काल रेफर गरी विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याए पनि उपचार सुरु हुनुअगावै मृत्यु भएको परिवारले जनाएको छ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक कृष्ण खत्रीका अनुसार आफूलाई घरमै आएर कुटपिट गर्दा पनि परिवारले प्रतिरक्षा नगरेको आवेशमा विषादी सेवा गरेको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, पोस्टमार्टम रिपोर्ट आएपछि मात्र कुटपिट वा विषादी सेवन के कारणले मृत्यु भएको हो भन्ने खुल्ने प्रहरी निरीक्षक खत्रीले बताए।

उनका अनुसार मृतकका काका मुन्ना मण्डलले लहान प्रहरीमा विषादी सेवनबाट भतिजाको मृत्यु भएको भन्दै जाहेरी दिएकाले प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ। उपचारका लागि विराटनगर पुर्‍याइएका मण्डलको साथबाट स्थानीय प्रहरीले सेल्फस नामको विषादीको बट्टा बरामद गरेको थियो।