१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
न्युयोर्क
२०७९ चैत १९ आइतबार ०७:४४:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग

Read Time : < 1 मिनेट
न्युयोर्क
२०७९ चैत १९ आइतबार ०७:४४:००

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लागेको छ । वर्षौंको अनुसन्धानपछि म्यानहटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो । फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौनसम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमले जनाएका छन् ।

जुरीको उक्त निर्णयसँगै उनको राजनीतिक तथा व्यापारिक कारोबार र पुनः राष्ट्रपतिमा लड्ने योजना प्रभावित हुने भएको छ । ट्रम्पलाई अहिले सन् २०१६ मा यौनसम्बन्धलाई गोप्य राख्न वयस्क (अश्लील) चलचित्रकी अभिनेतृ स्टर्मी डेनियललाई चुप लगाउन सरकारी कोष खर्च गरेको अभियोगमा मुद्दा लागेको हो । सो प्रकरणमा स्टर्मीलाई घटना सार्वजनिक नगर्न ट्रम्पले एक लाख ३० हजार अमेरिकी डलर दिएको बताइन्छ । ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोप राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन् ।

म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क गरिएको बताएका छन् । हाल फ्लोरिडामा रहेका ट्रम्प मंगलबार न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । अदालतमा उनले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपिल गर्ने सम्भावना छ । शुक्रबार नै ट्रम्पलाई आत्मसमर्पण गर्न माग गरिए पनि उनका वकिलहरूले केही समय माग गरेका थिए ।