
आज अपराह्नसम्म सरकार विस्तार गरी शपथग्रहण गराउने भनिए पनि सत्तारूढ दलहरूलाई मन्त्रीको नाम टुंग्याउन सकस परेको छ । आठ मन्त्रालय पाएको नेपाली कांग्रेसले अहिलेसम्म चारजनाको नाम मात्र प्रधानमन्त्रीलाई बुझाएको छ ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङको नाम मात्रै सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई बुझाएका छन् । अरू नाममा सहमतिको प्रयास भइरहेको बताइएको छ । कांग्रेसमा मन्त्रीको अन्तिम टुंगो लगाउने जिम्मा सभापति देउवालाई छ ।