मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २५ बिहीबार
  • Thursday, 08 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १७ शुक्रबार ११:०३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आरम्भ चौतारीको वित्तीय साक्षरता तालिम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १७ शुक्रबार ११:०३:००

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड ‘ग्लोबल मनी विक’ अन्तर्गत सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तले ६ चैत देखि १२ चैतसम्म सातै प्रदेश आफ्ना सदस्यहरूलाई वित्तीय साक्षरता तालिम दिएको हो । 

लघुवित्तका सञ्चालन विभाग प्रमुख सन्तोष थापाले सातै प्रदेशका नौ सय ३२ ग्राहक सदस्यहरूको सहभागितामा वित्तीय साक्षरता तालिम गरेको बताए । कम्पनीले कोसी प्रदेशको विराटनगर र सुनसरी, मधेस प्रदेशको देवाहीगोनाही लहान, बागमतीको सिन्धुपाल्चोक र मकवानपुरमा कार्यक्रम गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै, गण्डकी प्रदेशमा कास्कीको घाचोक र स्याङ्जाको चापाकोट, लुम्बिनी प्रदेशको दोभान, बेथरी, शिवपुर र भलवाड का साथै कर्णाली प्रदेश सुर्खेतको देउती र रुकुमको चौरजहारीमा वित्तीय साक्षरता कार्यक्रम गरिएको लघुवित्तले जनाएको छ ।