
अर्थ जानकारी
आयल निगमलाई ग्यास आयातमा निरन्तर घाटा छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढ्दा निगमको घाटा झन् चुलिएको छ । हाल १८ सय रुपैयाँ प्रतिसिलिन्डर बिक्री मूल्य निर्धारण गरिएको ग्यासको लागत दुई हजार चार सय ३५ रुपैयाँ ५० पैसा रहेको निगमले जनाएको छ ।
मासिक १४ लाख ६० हजार पाँच सय ७० थान ग्यास बिक्री हुने अनुमानका आधारमा १७–३० फागुनसम्म मात्रै निगमलाई ९२ करोड ८२ लाख रुपैयाँ घाटा छ । अन्य पेट्रोलियममा भने निगमलाई नाफा छ ।
स्रोत : नेपाल आयल निगम लिमिटेड