१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रक्षा संवाददातालाई हराउँदै सेनाको डिपिआर विजयी 

सेना-पत्रकार मैत्रीपूर्ण फुटबल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:३७:oo

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डिपिआर) र रक्षा संवाददाताबीचको मैत्रीपूर्ण फुटबलमा सेनाको टिम विजयी भएको छ। सैनिक मुख्यालयस्थित मैदानमा भएको खेलमा डिपिआरको टिम २–० ले विजयी भएको हो। 

सेनाको जितमा सेनानी सौगातसिंह राठौर र सेनानी प्रकाश घिसिङले एक–एक गोल गरे। पहिलो हाफमा राठौरको गोलमा अग्रता बनाएको सेनाले दोस्रो हाफमा पनि एक गोल थप्यो।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको २२औँ स्थापना दिवस मैत्रीपूर्ण फुटबलसँगै विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रबार जंगी अड्डामा विशेष कार्यक्रमका बीच स्थापना दिवस मनाउने तयारी रहेको सेनाले जनाएको छ। 

२० चैत ०५८ मा जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना भएको थियो।