
पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरू बैठक बस्दै छन् ।
मन्त्रीको नाम टुंग्याउन पार्टी सभापति शेरबहादुर देउवानिवासमा बैठक बस्न लागेको हो । केन्द्रीय कार्यसम्पादन समिति बैठक सकेर नेताहरू सानेपाबाट धुम्बाराहीतर्फ लागेका छन् ।
बुधबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ ।