मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १६ बिहीबार १२:५९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मन्त्री छान्न देउवानिवासमा कांग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १६ बिहीबार १२:५९:००

पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुंगो लगाउन नेपाली कांग्रेसका शीर्ष नेताहरू बैठक बस्दै छन् ।

मन्त्रीको नाम टुंग्याउन पार्टी सभापति शेरबहादुर देउवानिवासमा बैठक बस्न लागेको हो । केन्द्रीय कार्यसम्पादन समिति बैठक सकेर नेताहरू  सानेपाबाट धुम्बाराहीतर्फ लागेका छन् ।

बुधबार बसेको गठबन्धनको बैठकमा कांग्रेसले आठ, माओवादीले पाँच, एकीकृत समाजवादी र जसपाले दुई–दुई, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आम जनता पार्टीले एक–एक मन्त्रालय पाउने गरी सहमति भएको छ ।