१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १६:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेशलाई अधिकार दिँदा संघ कमजोर हुँदैन : मुख्यमन्त्री अधिकारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४४:oo

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशलाई अधिकार दिँदा संघ कमजोर नहुने बताएका छन्। 

बागलुङको कालिका मन्दिरपरिसरमा सञ्चालन गरिएको चैत्राष्टमी मेलाकाे उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले संघीय सरकारले प्रदेशलाई स्वायत्तमा छाडिदिनुपर्ने बताएका हुन्।

उनले संघीय सरकारले प्रदेशलाई अधिकार दिँदा मेरो अधिकार खोसियोजस्तो गर्दा संघीयता सफल नहुने बताए। 

‘प्रदेश सरकारलाई न कुनै अधिकार छ, संघीय सरकारले न प्रदेशका कानुन बनाउँछ । न आफ्नो तरिकाले काम गर्न सकिएको छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘संघको मातहतमा रहेर काम गर्दा प्रदेशले संघीयताको मर्मअनुरूप काम गर्न कठिनाइ हुँदो रहेछ, आफ्नै ढंगले सञ्चालन हुन नपाउँदा कठिनाइ हुँदोरहेछ।’ 

मुख्यमन्त्री अधिकारीले प्रदेशभित्रका सबै संस्कृति–सम्पदाको विकासका निम्ति प्रदेश सरकारले गुरुयोजना बनाएर अगाडि बढ्ने बताए । ‘चैते दसैँ मेला एकताको प्रतीक हो, आफ्नो परम्पराअनुसार हामी हाम्रो संस्कृति मनाउँदै आएका छौँ,’ उनले भने, ‘सबैलाई ऐक्यबद्ध भएर संस्कृति संरक्षणमा लागौँ। नत्र भोलिको भाेलिकाे पुस्ताले हाम्रो कला–संस्कृतिलाई भुल्नेछ। सबै धर्म–संस्कृतिलाई जातीय र राजनीतिक विषयमा नघोलौँ।’ 

गण्डकी प्रदेशकै महत्वपूर्ण र प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिर क्षेत्रमा परम्परागत रूपमा लाग्ने चैत्राष्टमी मेला अगामी चैत १७ गते सम्म सञ्चालन हुनेछ। 

मेलामा राष्ट्रिय भलिबल प्रतियोगिता र राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता स्थानीय उत्पादित वस्तुहरूको बिक्री–वितरण गरिने कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक कुमार खड्काले जानकारी दिए।