१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘जित पक्का’ भन्दै  सिके राउतले भित्र्याए माओवादीका प्रभावशाली नेता कुशवाह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन्। कुशवाह वैशाख १० को उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नकै लागि जनमत पार्टी प्रवेश गरेका हुन्।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कुशवाहलाई जनमत पार्टीमा प्रवेश गराएका हुन्। 

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले जनमत पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कुशवाहलाई उम्मेदवार बनाउने घोषणा गरेका छन्।

कुशवाह स्थानीय उम्मेदवार भएको र झिनो मतान्तरले मात्र पराजित भएकाले पार्टीले उम्मेदवार बनाउन लागेको बताए। बारा २ का जनता बाहिरिया नेताहरूबाट पीडित रहेकाले जनताको मागअनुसार स्थानीय उम्मेदवार जनमत पार्टीले दिएको राउतले बताए।

गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवसँग मात्र तीन सय ५४ मतले पराजित भएका कुशवाह यसपटक जनमत पार्टीबाट उम्मेदवार भन्ने भएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ बाट उठ्ने तयारी गरेका छन्। उपनिर्वाचनपछि उपेन्द्र यादव विजयी भए मधेस प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने सर्तमा कांग्रेसले पनि यादवलाई समर्थन गर्ने भएको छ।

संविधानसभा सदस्यसमेत रहेका कुशवाहले १३ हजार चार सय ६८ मत ल्याउँदा रामसहायप्रसाद यादवले १३ हजार आठ सय २२ ल्याएर विजयी भएका थिए।