१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format २o:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

नेपालको संघर्षपूर्ण बराबरी (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:३५:oo

नेपालविरुद्धको कुनै पनि खेलमा भुटान विजयी हुन सकेको थिएन। अर्थात्, नेपालले भुटानसँग अहिलेसम्म पराजय व्यहोरेको थिएन। प्रधानमन्त्री थ्री नेसन्स कपको निर्णायक खेलमा मंगलबार भुटानसामु जित्नैपर्ने दबाबमा थियो। स्पष्ट जितले मात्र भुटानलाई प्रतियोगिताको फाइनल पुर्‍याउने थियो। र, त्यस्तो जित सम्भव हुँदा उससँग नेपालसँग जोडिएको इतिहास बदल्दै सुनौलो इतिहास कोर्ने अवसर पनि थियो। तर, केही मिनेट सम्हालिन नसक्दा भुटान इतिहास बदल्न र नयाँ इतिहास कोर्न असमर्थ भयो।

१९औँ मिनेटमा अप्रत्याशित गोल व्यहोरेपछि नेपाल मैदानमा लगातार संघर्षमा देखियो। फाइनल प्रवेशका लागि कम्तीमा बराबरी आवश्यक रहेकाले नेपाल गोल फर्काउने प्रयास गरिरह्यो। तर, ९०औँ मिनेटमा मात्र नेपालको प्रयास सार्थक बन्यो। दीपकराजसिंह ठकुरीको होडर गोलमार्फत नेपालले एकातिर जारी प्रतियोगितामा आफूलाई फाइनल पुर्‍यायो भने अर्कोतिर, भुटानविरुद्ध कहिल्यै नहारेको आफ्नो रेकर्ड बचाउन पनि सफल भयो।