१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
२o७९ चैत १४ मंगलबार १३:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आन्दोलनकारीद्वारा वडाध्यक्षमाथि कुटपिट, नगरपालिकामा तालाबन्दी  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार १३:११:oo

कोसी नामकरणको विरोधमा उत्रिएका प्रदर्शनकारीले माेरङकाे उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन्। साथै उनीहरूले उर्लाबारी नगरपालिका–६ का वडाध्यक्ष चिन्तामणि पाैड्यालमाथि कुटपिटसमेत गरेका छन्। 

पहिचानवादीले कोसी नामकरणको विरोधमा दोस्रो चरणको आन्दोलन गर्दै आएका छन्। आन्दोलनकै क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पदम लिम्बूको उपचारको क्रममा निधन भएको छ। उनको निधनपछि प्रदर्शनकारी थप आक्रामक बनेका छन्। 

आन्दोलनमा ज्यान गुमाएका लिम्बूको परिवारलाई प्रदेश सरकारले तीन लाख दिने निर्णय गरेको छ। आन्दोलनकारी उनलाई सहिद घोषणा गर्न माग गरेका छन्।