Skip This
मिटरब्याजपीडितसँग वार्ता गर्न समिति गठन, आजै प्रधानमन्त्रीले भेट्ने 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १४ मंगलबार ११:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजपीडितसँग वार्ता गर्न समिति गठन, आजै प्रधानमन्त्रीले भेट्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार ११:५o:oo

मिटरब्याजपीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ। समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्  बैठकमा छलफल हुने भएको छ।  

सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने तयारीसमेत गरेको छ। उक्त विधेयकबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकले सदनमा प्रस्तुत गर्नेबारे निर्णय गर्नेछ। 

बैठकअघि पीडितहरूसँग छलफल गर्न गृह मन्त्रालयकी सहसचिव रुद्रदेवी शर्माको संयोजकत्वमा वार्ताटोली गठन गरिएको छ। वार्ताटोलीका अन्य सदस्यमा उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगबहादुर दंगाल छन्। 

वार्ताटोलीलाई मिटरब्याजपीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सोबारे प्रधानमन्त्रीलाई जानकारी गराउने कार्यादेश दिइएको छ। पीडितहरू काठमाडौं आएलगत्तै प्रधानमन्त्री प्रचण्डले गृहसचिव र सचिवालयका पदाधिकारिलाई पीडितहरूसँग छलफल गर्न र समस्या हल गर्ने वातावरण बनाउन निर्देशन दिएका थिए। 

पीडितहरूसँग वार्ताटोलीले छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले आज नै पीडितहरूसँग भेट गर्ने र थप छलफल गर्ने कार्यक्रमसमेत छ। यद्यपि, भेटघाटको समय भने तय भएको छैन।