१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:oo:oo

काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

शंखरापुर नगरपालिका– १ तल्लो नाङ्लेभारेमा जहरसिंहपौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा.४५प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गएराति मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। 

दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि शंखरापुर अस्पताल पठाइएको प्रवक्ता भट्टले बताए। रासस