१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १३ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत १३ सोमबार ११:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

‘च्याटबट’मार्फत सुविधाजनक सवारी बुकिङका लागि ट्याक्सीमाण्डू र राकुटेन भाइबरबीच साझेदारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत १३ सोमबार ११:५४:oo

ब्रान्ड न्यु भाइबर बटद्वारा ट्याक्सीमाण्डू प्रयोगकर्ताले नेपाली नयाँ वर्षअगाडि नै सजिलै राइड बुक गर्न सक्ने भएका छन्। 

राकुटेन भाइबरसँगको सफल साझेदारीको पछिल्लो अध्यायअन्तर्गत ट्याक्सीमाण्डूले ट्याक्सीमाण्डूमार्फत बुकिङ राइड सजिलो बनाउने लक्ष्यसहित नयाँ योजना ल्याएको हो। 

यसका लागि भाइबरमा रहेको ट्याक्सीमाण्डू अनलाइन ट्याक्सी च्याटबटमार्फत प्रयोगकर्ताहरूले एपभित्र सीधै ट्याक्सी बुक गर्न सक्नेछन्। 

ट्याक्सीमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्जुन केसीले भने, ‘हामी यो नयाँ च्याटबट सुरु गर्ने सिलसिलामा राकुटेन भाइबरसँग फेरि जोडिन पाउँदा उत्साहित छौँ। यसले हाम्रा प्रयोगकर्ताहरूका लागि ट्याक्सी बुकिङ अझ सहज बनाउनेछ।’ 

उनका अनुसार ट्याक्सीमाण्डू अनलाइन ट्याक्सी बटमार्फत प्रयोगकर्ताहरूले अब एक एपबाट अर्को एपमा स्विच नगरीकन धेरै सुविधाको मज्जा लिन सक्नेछन्। 

ग्राहकले छोटो र लामो रुटहरूका लागि सवारी बुकिङ गर्न, अर्डर गरिएको ट्याक्सीको वास्तविक समय र स्थिति जाँच गर्न र लामो रुटहरूका लागि अग्रिम सवारीको समयतालिका पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 

साथै अप्रिलदेखि सेप्टेम्बर २०२३ सम्म ट्याक्सीमाण्डू अनलाइन ट्याक्सी बटबाट सवारी बुक गर्ने सबै बट प्रयोगकर्ताहरूका लागि ६० प्रतिशतसम्म छुटको प्रोमो कोडहरू पनि उपलब्ध हुनेछन्। ट्याक्सीमाण्डू र राकुटेन भाइबर एन्ड्रोइड र आइओएसका लागि डाउनलोड गर्न सकिनेछ।