मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत १३ सोमबार ११:३८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लक्ष्मी इन्टरकन्टिनेन्टलको ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत १३ सोमबार ११:३८:००

हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षको अवसर पारेर ‘हुन्डाईसँग नयाँ वर्ष २०८०’ नामक योजना ल्याएको छ । कम्पनीले विभिन्न छुट तथा बोनससहितको योजना ल्याएको हो । 

यो ग्राहकमुखी योजना सोमबारबाट सुरु भएको जनाइएको छ । योजनाअन्तर्गत ग्राहकले पाँच लाख रुपैयाँसम्मको नगद छुटका साथै गाडीको निर्माण वर्षका आधारमा दुई लाख रुपैयाँसम्मको छुट, ८० हजार रुपैयाँ नयाँ वर्ष बोनस र ८० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्रदान गर्ने योजना ल्याएको कम्पनीले जनाएको छ ।

यो योजनामा ग्राहकले गाडी खरिद गर्दा थप एक वर्षसम्मको निःशुल्क बिमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउने जनाइएको छ । सबै हुन्डाई गाडीहरू तीन वर्ष वारेन्टी, ६ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीसहित उपलब्ध हुने कम्पनीले उल्लेख गरेको छ ।  

हुन्डाईले गएको महिना भेन्यु र नियोस फेसलिफ्ट भर्जन लन्च गरेको थियो । यस योजनाबाट हुन्डाईको कुनै पनि ह्याचब्याक, कम्प्याक्ट एसयुभी, एसयुभी तथा विद्युतीय गाडी खरिद गरी फाइदा लिन सक्ने जनाइएको छ । हाल कम्पनीले देशभरमा १७ सोरुम तथा १९ सर्भिस सेन्टरमार्फत बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गरिरहेको जनाएको छ ।