मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत १२ आइतबार
  • Wednesday, 02 September, 2026
२o७९ चैत १२ आइतबार १९:५८:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

रोड रेसिङ च्याम्पियनसिपको उपाधि लामालाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १२ आइतबार १९:५८:oo

नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२३ को उपाधि काठमाडाैंका आसिक लामाले जितेका छन्।

मोटर स्पोट्स नेपाल र पोखरा महानगरपालिकाको संयुक्त आयोजना, राखेपको सहयोग तथा यामाहा आर—१५ को मुख्य प्रयोजनमा पहिलोपटक पोखरामा आयोजना गरिएको प्रतियोगितामा सहभागी अन्य १५ जना प्रतिस्पर्धीहरूलाई पछि पारेका लामाले उपाधिसँगै ७७ हजार ७७७ रुपैयाँ नगद पुरस्कार पाए। 

काठमाडौंका राजकुमार कार्की दोस्राे हुँदै ५५ हजार ५५५ नगद र काठमाडौंका युकेस थापा तेस्रो हुँदै ४४ हजार ४४४ रुपैयाँ नगद पुरस्कार पाए।

त्यसैगरी, नोभिस (जुनियरतर्फ) सहभागी अन्य ४७ जनालाई पछि पार्दै काठमाडौंका निमेश ठकुरी प्रथम भएर नगद ७७ हजार ७७७, काठमाडौंका दिलीप दनुवार दोस्रो हुँदै नगद ५५ हजार ५५५ र काठमाडौंका मंगेस जोसी तेस्रो हुँदै नगद ४४ हजार ४४४ रुपैयाँ पुरस्कार पाए।

आयोजक पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारका अनुसार विजेता खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने जानकारी दिए।