Skip This
कागेश्वरी मनोहराको खेलकुद सहरको सपनामा राखेपको ऐक्यबद्धता
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ चैत ११ शनिबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ११ शनिबार १७:o६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

कागेश्वरी मनोहराको खेलकुद सहरको सपनामा राखेपको ऐक्यबद्धता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ११ शनिबार १७:o६:oo

कागेश्वरी मनोहरालाई खेलकुदको सहर बनाउने महत्वाकांक्षी योजनालाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गर्ने प्रतिबद्धतासहित समर्थनको हात अघि बढाएको छ।

खेलकुदका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गर्ने र खेलकुदको माहोल बनाउँदै विशिष्ट योजनासहित अघि बढ्ने तयारीमा रहेको कागेश्वरी मनोहरा नगरपालिका र राखेपबीच खेलकुद नगरीको अभियानलाई सार्थक बनाउन आवश्यक गृहकार्यसहित अघि बढ्ने सैद्धान्तिक सहमति भएको छ।

त्रिपुरेश्वरस्थित राखेपको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहराले देखेको सपना उत्कृष्ट भएकाले यसलाई सहयोग गर्न आफूहरू तत्पर रहेको बताए। विभिन्न खेलका पूर्वाधार तयार पार्ने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्ने र खेलाडी तयार गर्ने अभियानमा राखेपले विशेष साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सो अवसरमा मेयर उपेन्द्र कार्कीले नगरपालिकाले खेल स्थल निर्माणका लागी आवश्यक जग्गाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाए।