Skip This
भीमेश्वर नगरलाई ललितपुर महानगरको आर्थिक सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १० शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ चैत १० शुक्रबार २१:o७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भीमेश्वर नगरलाई ललितपुर महानगरको आर्थिक सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत १० शुक्रबार २१:o७:oo

ललितपुर महानगरपालिकाले दोलखा जिल्लाको भीमेश्वर नगरपालिकालाई सम्पदा संरक्षणका लागि आर्थिक सहयोग गरेको छ। 

महानगरका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरलाई ३५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे। 

महानगरप्रमुख महर्जनले भीमेश्वर नगरपालिकाद्वारा चरिकोटमा आयोजित कार्यक्रममा चेक हस्तान्तरण गरेका हुन्। 

महानगरप्रमुख महर्जनले सम्पदा संरक्षणमा भीमेश्वर नगरपालिकालाई सहयोग पुगोस् भन्दै सहयोग गरेको बताए। 

भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले महानगरले सहयोग गरेकोमा धन्यवाद दिँदै महानगरबाट भीमेश्वरले धेरै कुरा सिक्नुपर्ने बताए। 

ललितपुर महानगरपालिका र भीमेश्वर नगरपालिकाले अघिल्लो वर्ष भगिनी सम्बन्ध गाँसेका थिए। महानगर प्रमुख महर्जनले महानगरका असल अभ्यासबाट नगरवासी लाभान्वित भएको स्पष्ट पारे। 

उनले भने, ‘सम्पदा संरक्षण, स्मार्ट सडक बत्ती, विशेषतायुक्त सडक निर्माण हाम्रो अघिल्लो पाँच वर्षको महत्वपूर्ण उपलब्धि हो।’ शिक्षा, स्वास्थ्यलाई समेत महानगरले प्राथमिकतामा राखेर काम गरेको बताए। 

साइकल लेन निर्माणले वातावरण संरक्षण र मानव स्वास्थ्यलाई प्रत्यक्ष प्रभाव पारेको बताउँदै उनले यो महानगरको नौलो योजना भएको प्रष्ट पारे। 

भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वरनारायण मानन्धरले ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच धेरै भिन्नता भए पनि भावना, मन, संस्कार  र संस्कृतिमा एक रूपता भएको बताए। 

उनले भने, ‘राष्ट्रिय मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि ख्याति कमाएको महानगरसँग हामीले धेरै सिक्नुछ, हामीलाई साथ दिनुस् सिकाउनुहोस्।’

ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले अनुभव आदानप्रदान गरेर मितेरी सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने बताए। उनले भने, ‘एक अर्कासँग सिक्न सकिने थुप्रै कुरा छन्, अनुभव आदानप्रदान गर्न सक्छौँ।’

भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नेपालको सांस्कृतिक क्षेत्रलाई उजागर गर्न यो मितेरी सम्बन्ध अत्यन्तै महत्वपूर्ण हुने प्रष्ट पारे। सम्पदा संरक्षणका लागि आर्थिक सहयोग गरेकोमा उनले धन्यवाद दिए। 

भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाईले कृषि, पर्यटन र सम्पदाको क्षेत्रमा सहकार्य गर्न सकिने बताए। 

साहित्यिक – सांस्कृतिक करिडोर संयन्त्र 
ललितपुर महानगर र भीमेश्वर नगरपालिकाबीच सांस्कृतिक, साहित्यिक, ऐतिहासिक अनुभव आदानप्रदान गर्न साहित्यिक–सांस्कृतिक करिडोर संयन्त्र बनेको छ।

उक्त संयन्त्रमा ललितपुर महानगरका तर्फबाट सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता राजु महर्जन, पूर्वाधार विकास समितिका संयोजक चन्द्र महर्जन, सामाजिक विकास समितिका सदस्य तथा वडा नं.१ का अध्यक्ष निर्मल तण्डुकार, नगर प्रमुखका राजनीतिक सल्लाहकार बाबुराज महर्जन र महानगर प्रशासन महाशाखा प्रमुख सागर थापा रहेका छन्। 

त्यसैगरी, भीमेश्वर नगरपालिकाको तर्फबाट सामाजिक विकास समितिका संयोजक स्टालीन श्रेष्ठ, प्रवक्ता तारानाथ चौलागाई, वडा नम्बर ३ का वडा अध्यक्ष हरिशरण शिवाकोटी, कर्मचारीहरू अर्जुन कार्की र सुरेश राउत रहेका छन्।