Skip This
१४४ किलो गाँजासहित हेटौँडाबाट एकजना पक्राउ
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका मकवानपुर
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४४ किलो गाँजासहित हेटौँडाबाट एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिकाबाट एक सय ४४ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो हेटौँडा– १५ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत रातोमाटे लच्काबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो । ना.६ ख ३०२१ नम्बरको ट्रक र ट्रकचालक मकवानपुरको कैलाश गाउँपालिका– ९ नामटारका ३० वर्षीय सुभचन्द्र भोम्जनलाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा हेटौँडा बजारबाट वीरगन्जतर्फ जाँदै गरेको उक्त ट्रकलाई चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ट्रकका चालक भोम्जनलाई लागुऔषध गाँजा र ट्रकसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको छ ।