१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १२:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचारका क्रममा बालिकाको मृत्यु : ३१ दिनदेखि धर्नामा आफन्त

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:४५:oo

उपचारका क्रममा बालिकाको मृत्यु भएपछि परिवार र आफन्तले लगातार ३१ दिनदेखि ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा धर्ना दिँदै आएका छन् ।

मोरङकी २८ महिने बालिका प्रशंसा गौतमको उपचारका क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै बालिकाका आफन्त निरन्तर धर्नामा छन् ।

गत २३ माघमा सामान्य रुघाखोकी र ज्वरो आएकी बालिकालाई उनका बुबाले उपचारका लागि हिमाल अस्पताल लगेका थिए ।  तर, उपचारका क्रममा बालिकाको ज्यान गयो ।

धर्नामा उत्रिएका आफन्तले चिकित्सकको लापरबाहीकै कारण बालिकाको मृत्यु भएको दाबी गर्दै आएका छन् । मृतक बालिकाकी आमा गंगा गौतमसहित उनका आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र अस्पतालले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।