१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format २o:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

तिलोत्तमा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२५:oo

२२औँ संस्करणको तिलोत्तमा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम–११ भिड्ने भएका छन्। 

बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङ मर्स्याङ्दीले पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले फ्रेन्डस क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

निर्धारित समयमा २–२ को बराबरी गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। योसँगै पन्ध्रौँ संस्करणको विजेतासमेत रहेको फ्रेन्डस् क्लब सेमिफाइनलबाट नै बाहिरिएको हाे।

पेनाल्टी सुटआउटमा फ्रेन्ड्सका रूपेश केसी र डोना थापाले गोल गर्न नसक्दा क्लब बाहिरिएको हो। मनाङ मर्स्याङ्दी जियनाथ सेख, अजित गुरुङ, बिसन गुरुङ र आशिष गुरुङले गोल गरेका थिए भने फ्रेन्ड्सका अमित तामाङ, विदेशी खेलाडी टोरिक जिब्रन र उत्तम राईले गोल गरेका थिए।

निर्धारित समयमा फ्रेन्ड्स क्लबका तर्फबाट २५ नम्बर जर्सीका विदेशी खेलाडी रफिक अमेनुले खेलको ७ मिनेटमा नै गोल गरेका थिए। 

यस्तै, खेलको २६ मिनेटमा २० नम्बर जर्सीका उत्तम राईले गोल गरेका थिए। पहिलो हाफको इन्जुरी समयमा मनाङ मर्स्याङ्दीका क्याप्टेन जर्सी नम्बर ४ का आशिष गुरुङले एक गोल गर्दै खेल २–१ को अवस्थामा पुर्याएका थिए।

दोस्रो हाफको २ मिनेटमा नै मनाङ मर्स्याङ्दीका २१ नम्बर जर्सीका प्रशन्न श्रेष्ठले गोल गर्दै २–२को अवस्थामा पुर्याएका थिए। मनाङ मर्स्याङ्दी क्लबले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै मर्स्याङ्दी क्लब अन्तिम चारमा स्थान बनाएको थियो।

 क्वार्टरफाइनलको खेलमा  मनाङ मर्स्याङ्दीका लागि जर्सी नम्बर २१ का प्रशन्न श्रेष्ठ र जर्सी नम्बर १५ का चेतनकुमार थारूले एक एक गोल गरेका थिए। नेपाल पुलिस क्लबका जर्सी नम्बर ९ का बुद्धबल तामाङले एक गोल फर्काएका थिए।

खेलमा मनाङ मर्स्याङ्दीका क्याप्टेन आशिष गुरुङले म्यान अफ द म्याच बने। दुई विभागीयसहित ८ टिमले प्रतिस्पर्धा गरेको तिलोत्तमा गोल्डकपको विजेताले उपाधिसहित ११ लाख ११ हजार १११ तथा उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन्।

यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूदूरपश्चिम ११ थ्री स्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। 

मनाङ मर्स्याङ्दीले गोल्डकपको उपाधिका लागि सुदूरपश्चिम ११ सँग चैत ११ गते प्रतिस्पर्धा गर्नेछ।