१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत ९ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ चैत ९ बिहीबार १५:१६:oo
Read Time : < 1 मिनेट
समाचार

पहिलो न्यायिक समिति राष्ट्रिय सम्मेलनको तयारी पूरा  

प्रधानमन्त्रीले उद्घाटन गर्ने, काठमाडौं घोषणापत्र जारी गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ चैत ९ बिहीबार १५:१६:oo

पहिलो न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्।

काठमाडौ‌ं महानगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरी चैत १५ र १६ मा हुन लागेको कार्यक्रमको तयारी पूरा भएको र प्रधानमन्त्रीले उद्घाटन गर्ने तय भएको जानकारी दिएको हो।

रविभवनमा आयोजित पत्रकार सम्मेलनमा  महानगरकी उपमेयर सुनीता डंगोलले सात सय ५२ वटै पालिकालाई पत्र पठाइएको जानकारी दिइन्।

उनका अनुसार हालसम्म साढे चार सय पालिकाले सहभागी हुने जानकारी गराएका छन्। सम्मेलन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ। सम्मेलनमार्फत काठमाडौं घोषणापत्र जारी गर्ने तयारी भइरहेको छ।