१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेलायती संसदीय प्रतिनिधिमण्डलद्वारा एनएमबि बैंकको अवलोकन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२४:oo

ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधि र ब्रिटिस इन्टरनेसनल इन्भेष्टमेन्टका सदस्य समूहले एनएमबि बैंकको अवलाेकन भ्रमण गरेकाे छ। 

उक्त टोलीले मार्च १४ मा एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिएको थियो। 

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भ्रमणका प्रतिनिधिहरूलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयनपश्चात् गरेको प्रगति विवरणको समीक्षा गर्दैे बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्‍याएको योगदानबारे समेत प्रकाश पारेका थिए। 

साथै प्रतिनिधिमण्डलसँग नेपालको दिगो तथा समावेशी आर्थिक विकासमा स्रोत–साधनको अन्तरपूर्तिलगायतका विषयमा छलफल भएको प्रमुख केसीले बताए। 

साथै, प्रतिनिधिहरूले बैंकले जलविद्युत् परियोजनामार्फत समुदाय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए। 

एनएमबि बैंकले विगत २६ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको छ।