१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १३:३६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तातोपानी गाउँपालिकाको पुँजीगत खर्च २३ प्रतिशत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३६:oo

जुम्लाको तातोपानी गाउँपालिकाले चालू आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् आठ महिनामा कुल पुँजीगत बजेटको २३ प्रतिशत खर्च गरेको छ । चालू आवको फागुन मसान्तसम्म पालिकाको विकास खर्च २३.५६ प्रतिशत छ ।

तातोपानीमा चालू आवमा पुँजीगततर्फ कुल २६ करोड ९२ लाख ३३ हजार दुई सय २५ रुपैयाँ विनियोजन गरिएको थियो । जसमा आठ महिनामा ६ करोड ३४ लाख ३८ हजार पाँच सय दुई रुपैयाँ वित्तीय प्रगति भएको तातोपानी गाउँपालिकाका लेखापाल शिवराज न्यौपानेले जानकारी दिए । उनका अनुसार चालू खर्च भने ४६ प्रतिशत भएको छ ।

मंगलबार सम्पन्न दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइमा प्रस्तुत प्रगति प्रतिवेदनअनुसार गाउँपालिकाले दोस्रो चौमासिकमै ६० प्रतिशत बढी योजना सम्पन्न गरेको छ । पालिकामा कुल १ सय ६२ वटा योजना रहेकोमा दोस्रो चौमासिकसम्म ६१ योजना सम्पन्न भइसकेको सबइन्जिनियर कृष्णहरि अधिकारीले बताए । उनका अनुसार सम्पन्न भएका ६१ योजनामध्ये ३४ योजनाको भुक्तानीसमेत भइसकेको छ । २७ योजना भुक्तानी प्रक्रियामा छन् ।

अधिकारीले भने, ‘योजनागत हिसाबमा ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल गरेका छौँ । काम सम्पन्न भइसकेका, तर उपभोक्ता भुक्तानी लिन नआएकाले पनि वित्तीय प्रगति काम देखिन सक्छ । तैपनि यो गत आवभन्दा बढी नै हो ।’ यद्यपि, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गतका विद्यालय भवन निर्माण द्रुत गतिमा हुन नसकेको उनले स्विकारे ।

पुँजीगत खर्च बढाउन, असारे विकासको अन्त्य गर्न कार्यसम्पादन सम्झौता भएकोमा वैशाख मसान्तमै योजना निर्माण सक्ने उद्देश्यअनुरूप जनप्रतिनिधि, कर्मचारी सबै खटिँदा दोस्रो चौमासिकमा तातोपानी भौतिक विकासमा जिल्लामै अब्बल देखिएको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए ।

उनले भने, ‘योजना सम्पन्न भएको तुलनामा भुक्तानी कम देखिन्छ । काम सम्पन्न भई अनुगमनसमेत भइसकेका योजनाको भुक्तानी लिन उपभोक्ता नआउँदा विकास खर्च कम देखिएको हो । यद्यपि, नियमित भुक्तानीको काम भइरहेको छ । वैशाखसम्म योजना निर्माण र भुक्तानी सक्ने लक्ष्यअनुसार नै काम भइरहेको छ ।’

मंगलबार सम्पन्न दोस्रो चौमासिक सार्वजानिक सुनुवाइमा गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले भौतिक विकाससँगै पालिकाको सेवा प्रवाह, गुनासो सुनुवाइलगायतका कामलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरे । महिला सशक्तीकरण, उद्यमशीलता, न्याय सम्पादनको कार्यलाई प्राथमिकता दिएको उपाध्यक्ष रेवती रावलले बताइन् । पाँच वर्षमा महिला उद्यमशीलताका क्षेत्रमा उल्लेखनीय कार्य हुने उनको दाबी छ ।