१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपालमा आइभिएफ उपचार गराएकी सिंहले अस्ट्रेलियामा जन्माइन् चम्ल्याहा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३३:oo

नर्भिक हस्पिटल आइभिएफ सेन्टरमा उपचार गराएकी अरुणा सिंहले अस्ट्रेलियामा चम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । ४४ वर्षीया अरुणा र ४७ वर्षीय योगेशले सन्तान प्राप्तिको योजना बनाएर अस्ट्रेलियाबाट नेपाल आएर उपचार गराएका थिए ।

उनीहरूले चिकित्सकीय सहायक प्रजनन प्रविधिमार्फत उपचारपछि पहिलो प्रयासमा गर्भवती भएकी अरुणाले करिब १४ हप्तासम्म नर्भिक आइभिएफकी वरिष्ठ स्त्री रोग तथा टेस्टट्युब बेबी विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मासँग उपचार तथा परामर्श गरेकी थिइन् । अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई दिने चिकित्सकीय उपचार, सुविधा र सहयोगका कारण अरुणादम्पतीले अस्ट्रेलिया गएरै गर्भावस्थाको बाँकी परीक्षण र थप उपचार गर्ने निर्णय लिएको अस्पतालले जनाएको छ । 

अस्ट्रेलियाको दक्षिण ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा चारजना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको उनका श्रीमान् योगेशलाई उद्धृत गर्दै अस्पतालले जनाएको छ । निर्धारित मितिभन्दा ११ हप्ताअगाडि जन्मिएका तीन छोरा र एक छोरीलाई अहिले अस्पतालले विशेष निगरानीमा राखेर हेरचाह गरिरहेको छ । 

एकैपटक चम्ल्याहा शिशु जन्मिएपछि यो विषयले अस्ट्रेलियामा पनि चर्चा पाएको छ । अस्ट्रेलियामा महिलाको जीवनशैलीबारे समाचार र लेख प्रकाशन गर्ने अग्रणी न्युज पोर्टल एनआइएनई डटकमडट एयूले ‘क्विन्सल्यान्ड दम्पतीको चमत्कार, चम्ल्याहालाई स्वागत गरे, हामी छक्क पर्‍यौँ’ भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको छ । योगेशलाई उद्धृत गर्दै अनलाइनले लेखेको छ, ‘सुरुमा अस्पतालले हामीलाई तीनजना बच्चा भन्यो, पछि चारजना भन्दा हामी अचम्म अनि छक्क पर्‍यौँ । किनभने त्यो हाम्रा लागि अचम्म र अप्रत्याशित पनि थियो ।’ अनलाइनका अनुसार पछिल्लो चार वर्षमा सो अस्पतालमा जन्मिने बच्चामध्ये चम्ल्याहा भएको यो पहिलो घटना हो ।