१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रासायनिक मलको समस्या समाधानको माग राख्दै किसान संगठनहरू प्रदर्शनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

रासायनिक मलखादको समस्या समाधानको माग राख्दै बुधबार ६ कम्युनिस्ट पार्टीनिकट किसान संगठनले प्रदर्शन गरेका छन् । रासायनिक मलखादको समस्या, लघुवित्त, मिटरब्याजको समस्या समाधान गर्न माग गर्दै सत्तारूढ माओवादी केन्द्रसहित कम्युनिस्ट पार्टीनिकट किसान संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका अध्यक्ष सीताराम तामाङले राज्यले किसानलाई उपेक्षा गरेकाले सडक आन्दोलनमा उत्रिएको बताए । किसानले उत्पादन गरेको वस्तुले बजार नपाउने, तर विदेशबाट आयात गरेर खाने दलाल सरकारको कारण किसान दुःखी रहेको उनले बताए ।

प्रदर्शनमा सहभागी अखिल क्रान्तिकारीकी उपाध्यक्ष सिलु न्यौपानेले नेपाल कृषिप्रधान देश भए पनि किसानले किसान भएर बाँच्न सक्ने अवस्था नरहेको प्रस्ट्याइन् । किसानका उत्पादनले सहज रूपमा बजार पाउने अवस्था नभएको भन्दै उनले सरकारले उत्पादनको उचित मूल्य र बजारको व्यवस्था गरिदिनुपर्नेमा जोड दिइन् ।

प्रदर्शनमा माओवादी निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघ, नेकपा (मसाल)निकट अखिल नेपाल किसान महासंघ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान संघ सहभागी छन् ।

उनीहरूले लघुवित्त, मिटरब्याजी, रासायनिक मलखादको समस्या समाधान गर्नुपर्ने माग राखेका छन् । यस्तै कृषिमा वैदेशिक लगानी हुन नहुने, भूमि बैंक खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।