Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत ८ बुधबार ०८:४०:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

युएईका क्रिकेट प्रशिक्षक सिंह बर्खास्त

आइसिसी विश्वकप क्रिकेट लिग–२ मा युएईलाई उत्कृष्ट नतिजा दिलाउन नसक्दा मुख्य प्रशिक्षक रोबिन सिंहले गुमाए पद

Read Time : > 1 मिनेट
२०७९ चैत ८ बुधबार ०८:४०:००

युनाइटेड अरब इमिरेट्स (युएई)ले राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक रोबिन सिंहलाई पदबाट हटाएको छ । आइसिसी विश्वकप क्रिकेट लिग–२ मा युएईलाई उत्कृष्ट नतिजा दिलाउन नसक्दा प्रशिक्षक सिंह बर्खास्तीमा परेका हुन् । आइसिसी विश्वकप लिग–२ मा लगातार खराब प्रदर्शन भएपछि अहिले युएईको एकदिवसीय मान्यतासमेत जोखिममा छ । 

लिग–२ को तालिकामा युएई छैटौँ स्थानमा छ । युएईले यसै सातादेखि नामिबियामा एकदिवसीय विश्वकप ग्लोबल छनोटमा स्थान बनाउन प्लेअफ छनोट खेल खेल्दै छ । प्लेअफ छनोटमा शीर्ष दुई स्थान रक्षा गर्न नसक्दा युएईको एकदिवसीय मान्यता पूर्ण रूपले खोसिनेछ । युएईले शीर्ष तीनमा रहँदै जुन–जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्ने अवसर चुकाएको थियो । 

विश्वकप लिग–२ मा युएईले घरेलु तथा नेपालमा भएको सिरिज गुमाएको थियो । तालिकाकै सबैभन्दा कमजोर पपुवा न्युगिनीसँग लगातार खेलमा पराजित हुँदा युएईको विश्वकप लिग–२ को शीर्ष तीनमा पुग्ने सम्भावना समाप्त भएको थियो । 
पछिल्ला १५ मध्ये तीन खेलमा जित निकाल्दा युएई छैटौँ स्थानमा सीमित भयो ।

रोबिन सिंहको प्रशिक्षक युएईले कुनै पनि पक्षमा उत्कृष्ट प्रदर्शन गर्न सकेन । युएईको बलियो मानिएको ब्याटिङ निकै कमजोर देखियो । उनले खेलाडीलाई बारम्बार प्रयोग गरिरहँदा पनि युएईले विश्वकप लिग–२ को निर्णायक खेलहरू गुमायो । कुनै समय रोबिन सिंह भारतीय राष्ट्रिय क्रिकेट टोलीका अलराउन्ड खेलाडी थिए । मध्यक्रममा उनी विस्फोटक ब्याटिङ गर्न रुचाउँथे । 

सिंहले भारतका लागि १३६ एकदिवसीय खेलमा दुई हजार तीन सय ३६ रन बनाएका थिए । उनले आफ्नो एकदिवसीय खेलमा एक शतक र नौ अर्धशतक बनाएका छन् । एकपटक मात्र टेस्ट खेलमा मौका पाएका सिंहले २७ रन जोडेका थिए । यसैगरी, १३६ एकदिवसीय खेलमा उनले ६९ विकेट हात पारे । उनले पहिलो श्रेणीमा १७३ तथा लिस्ट एमा १५० विकेट लिएका छन् । पहिलो श्रेणी क्रिकेटमा सिंहले २२ शतक र ३३ अर्धशतकको सहयोगमा ६ हजार नौ सय ९७ रन जोडेका थिए । लिस्ट एमा २२८ खेलबाट उनले चार हजार ५७ रन जोड्दा एक शतक र २० अर्धशतक लगाए ।