‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कामको नेतृत्व कांग्रेसले लिनुपर्छ’

मंगलबार, ७ चैत, २०७९
डिजिटल संस्करण
‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कामको नेतृत्व कांग्रेसले लिनुपर्छ’

फाइल तस्बिर

कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटोभन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन्। 

महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउनुपर्ने बताएका हुन्। 

मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए। 

महामन्त्री थापाले तत्कालको नाफाघाटाभन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउन सबै राजनीतिक दलहरूलाई आग्रहसमेत गरे। 

उनले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कामको नेतृत्व कांग्रेसले नै लिनुपर्ने पनि उनले बताए। 

सुझावित समाचार