
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादी पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका– १ चरिकोट घर भई हाल काठमाडौंस्थित बुढानीलकण्ठ नगरपालिका– १३ माइक्रोपार्कनजिकै बस्ने ४४ वर्षीय रमेशकुमार श्रेष्ठ छन्।
उच्च अदालत पाटनको ०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र रु. १३ लाख ५० हजार जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमबार काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको हो।
पक्राउ परेका श्रेष्ठलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।