मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ६ सोमबार १२:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिभिल अस्पतालका कार्यकारी निर्देशकको कार्यकक्षमा तालाबन्दी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ६ सोमबार १२:५५:००

निजामती कर्मचारी अस्पतालका कर्मचारीले कार्यकारी निर्देशक, मेडिकल डाइरेक्टर र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

२ चैतबाट आन्दोलनमा होमिएका कर्मचारीले कार्यकारी निर्देशकको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् । उक्त अस्पतालमा क्रियाशील आधिकारिक ट्रेड युनियनको अगुवाइमा आन्दोलन भएको हो ।

अस्पतालले केही  दिनअघि विभिन्न पदका लागि तीन सय ५० भन्दा बढी संख्यामा कर्मचारी माग गरेपछि अस्पताल व्यवस्थापन पक्ष र कार्यरत कर्मचारीबीच विवाद उत्पन्न भएको थियो । असन्तुष्ट चिकित्सक, कर्मचारीले अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलको राजीनामा मागेका छन् ।

अस्पताल व्यवस्थापनले एकलौटी ढंगबाट कर्मचारी भर्ना गर्न खोजेको कर्मचारीको आरोप छ । ट्रेड युनियन अध्यक्ष सन्तोष धिमालले वर्षौँदेखि कार्यरत कर्मचारीको हित र मर्मविपरीत व्यवस्थापन एकलौटी लागेकाले आन्दोलनमा जान बाध्य भएको जिकिर गरे । 

उनका अनुसार  दैनिक १५ मिनेट अस्पतालमा धर्नाको कार्यक्रम निरन्तर छ । माग सुनुवाइ नभएपछि आज  तालाबन्दी गरिएको उनले बताए । कर्मचारीले भोलिबाट रिले अनशन सुरु गर्न लागेका छन् ।

आन्दोलनले प्रशासनिक कामलाई मात्र प्रभावित बनाउने, तर अस्पतालको नियमित सेवा भने खुला नै रहने ट्रेड युनियनका सचिव विनोद पोखरेलले जानकारी दिए । कर्मचारीहरूले विरोधस्वरूप अस्पतालको गेटमा कालो ब्यानरमा आफ्ना मागहरू लेखेर टाँसेका छन् ।