Skip This
तस्बिर खिच्ने क्रममा भिरबाट लडेर किशोरीको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस बलेवा
Invalid date format १८:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तस्बिर खिच्ने क्रममा भिरबाट लडेर किशोरीको मृत्यु

Read Time : < 1 मिनेट
रासस, बलेवा
नयाँ पत्रिका
Invalid date format १८:२७:oo

पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भिरबाट लडेर बाग्लुङकी एक किशोरीको मृत्यु भएको छ।

बाग्लुङको बांगेचौर र पर्वतको अदुवाबारी जोड्ने लामो झोलुंगे पुल छेउबाट भिरमा खसेकी बाग्लुङ नगरपालिका–२ बस्ने १५ वर्षीया अप्सरा खातुनको मृत्यु भएको हो। 

लामो पुल घुम्न परिवारसहित पुलको पूर्वतर्फ पर्ने अदुवाबारी पुगेकी खातुन तस्बिर खिच्ने वेला भिरमा खसेकी थिइन्। पुलको पूर्वतर्फको चौरमा राखिएको नेपाल टेलिकमको बोर्डनजिकै तस्बिर खिच्ने क्रममा चिप्लिएर खातुन भिरमा लडेको पर्वतका प्रहरी प्रमुख मधुसुधन न्यौपानेले बताए।

न्यौपानेका अनुसार खातुनलाई अचेत अवस्थामा उद्धार गरिएको थियो। उद्धारपछि उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याउँदै गर्दा उनको मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।