
धनकुटा नगरपालिका– ९ स्थित तमोर नदीमा डुबेर एक महिलाको मृत्यु भएको छ । शनिबार लुगा धुने क्रममा चिप्लिएर लड्दा धनकुटा– ९ की ४५ वर्षीया मसिनी विकको डुबेर मृत्यु भएको हो ।
मृतक महिलाको शव प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जनाएको छ ।