मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ चैत ४ शनिबार ११:५२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तालबन्दीले कञ्चनपुरका ६ क्याम्पसमा मात्रै चुनाव हुने, बाँकीमा अनिश्चित

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ चैत ४ शनिबार ११:५२:००

कञ्चनपुरमा आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) को निर्वाचनमा  उत्साह र उल्लास देखिएको छैन । जिल्लाका १६ क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले उम्मेदवारी दर्ता गराएपनि कुल क्याम्पसको आधा भन्दा कमै क्याम्पसमा मात्रै चुनाव हुने भएको छ । 

सुदूरपश्चिम विश्वविद्यालय सहितका १६ क्याम्पसमा विद्यार्थीले संगठन र उम्मेदवारी दर्ता गराएका छन् । एक क्याम्पसमा सहमतीय आधारमा स्ववियु पदाधिकारी टुङग्याईएको छ । ६ क्याम्पसमा चुनाव हुँदैछ । भने बाँकी क्याम्पसमा तालाबन्दीले चुनाव अनिश्चित बनेको छ ।

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पस बेलडाँडी, रामपुर बहुमुखी क्याम्पस कलकत्ता, महाकाली बहुमुखी क्याम्पस बेलौरी, जनता बहुमुखी क्याम्पस पूनर्वास, कञ्चन बहुमुखी क्याम्पस गुलरिया र कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा मात्रै चुनाव हुने देखिएको छ ।

कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ । नेविसंघ एक्लै चुनावी मैदानमा होमिएको छ । कञ्चन बहुमुखी क्याम्पसमा काँग्रेस, माओवादी निकट संयुक्त प्यानलबाट नेविसंघका दिनेश भट्टले उम्मेदवारी दिएका छन् भने एमाले निकट विद्यार्थी संगठनबाट देव बहादुर साउद एक्लै चुनावी मैदानमा उत्रिएका छन् । 

जनता बहुमुखी क्याम्पस पुनर्वासमा एमाले, काँग्रेस निकट विद्यार्थी संगठनबाट अनेरास्ववियुकी सकुन्तला मल्ल र माओवादी निकट अखिल क्रान्तिकारीबाट मनोज साउद एक्लै चुनावी मैदानमा छन् । 

महाकाली बेलौरी क्याम्पसमा नेविसंघबाट निरज भण्डारी, अनेरास्ववियुबाट हिरामोती चौधरी, अखिल क्रान्तिकारीबाट सपना चौधरी र नागरिक उन्मुक्ति निकट संगठनबाट उर्मिला चौधरीको प्यानल चुनावी मैदानमा होमिएको छ । उक्त क्याम्पसमा समाजवादी र माओवादी निकट विद्यार्थीबीच चुनावी तालमेल भएको छ ।

रामपुर बहुमुखी क्याम्पसमा नेविसंघबाट धनीराम चौधरी, अनेरास्ववियुबाट विमला रेग्मी र अखिल क्रान्तिकारीबाट सरस्वती तिरुवाको प्यानल चुनावी मैदानमा उत्रिएको छ । 

रौलेश्वर आर्दश बहुमुखी क्याम्पस बेलडाँडीमा नेविसंघ र अखिल क्रान्तिकारीबीच चुनावी तालमेल भएको छ । क्रान्तिकारीको सर्मथनमा नेवि संघका गजेन्द्र उपाध्याय र अनेरास्ववियुका दिलेन्द्र प्रसाद बडूबीच प्रतिस्पर्धा हुने भएको छ । 

यसअघि दानेश्वर बहुमुखी क्याम्पसमामात्रै नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा समाजवादी र राप्रपा निकट विद्यार्थीबीच भागबण्डा भएर नेविसंघकी बिमला जोशी नेतृत्वमा स्ववियु समिति निर्विरोध निर्वाचित भएका छन् । 

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस सहित भानु, बारिधी, कञ्चन, बालजागृती, जनज्योती, सिद्धनाथ विज्ञान क्याम्पसमा विभिन्न विद्यार्थी संघ संगठनहरुले तालाबन्दी गरेका कारण चुनाव अनिश्चित बनेको छ । 

कृष्ण पाण्डे समुहको नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेकपा समाजवादी, बहुमत, विप्लव, राप्रपा निकट विद्यार्थी संघ संगठनहरुले छुट्टाछुट्टै क्याम्पसमा तालाबन्दी गरेका छन् । 

त्रिविको आंगिक क्याम्पस सिद्धनाथ विज्ञान क्याम्पसमा पनि ताला लागेको छ । यहाँ कृष्ण पाण्डे समुहको नेविसंघ, नेकपा विप्लवसहितका चार विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् । 

त्रिविकै सम्बन्धन प्राप्त उदय सरस्वती क्याम्पस वाणिमा विद्यार्थी संगठनबीच सहमती हुन नसकेपछि चुनाव अनिश्चित बनेको छ । अनेरास्ववियु कञ्चनपुरका संयोजक प्रज्वल कुँवरले विद्यार्थी संगठनबीच सहमती हुन नसकेपछि चुनाव अनिश्चित बनेको जानकारी दिए । तालाबन्दीका कारण उक्त क्याम्पसमा चुनाव नहुने देखिएको छ। 

तालाबन्दी गरेका विद्यार्थी संगठनले सम्बन्धीत क्याम्पस प्रशासनबाट चुनावका लागि वातावरण तयार नगरेपछि धाँधली हुने देखेर बाध्य भएर तालाबन्दी गरिएको बताएका छन् । नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले चुनावका लागि क्याम्पस प्रशासनले बदमासी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको जानकारी दिए ।