मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत ४ शनिबार ०७:५०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा ७० अंकले घट्यो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत ४ शनिबार ०७:५०:००

सातामा नेप्से परिसूचक ६९ दशमलव ३९ अर्थात् तीन दशमलव ५१ प्रतिशतले घटेको छ । साताको अन्तिम कारोबार दिन नेप्से सूचक एक हजार नौ सय ३३ दशमलव ३१ बिन्दुमा बन्द भएको छ । अघिल्लो साता तीन दिन मात्र भएको कारोबारमा नेप्से सूचक एक दशमलव ७४ प्रतिशतले बढेको थियो । अघिल्लो साताको तुलनामा भने नेप्से सूचक विन्दु तल ओर्लिएको छ । अघिल्लो साता नेप्से सूचक दुई हजार २ दशमलव ७० को विन्दुमा बन्द भएको थियो ।

यो साता नेप्से परिसूचक दुई हजार १६ दशमलव शून्य ५ को उच्चतम विन्दु र एक हजार नौ सय २० दशमलव १० को न्यूनतम विन्दुसम्म पुगेको थियो । यसबीचमा नेप्सेले करिब ९६ अंकको अस्थिरता देखिएको प्रस्ट हुन्छ । अघिल्लो साता परिसूचकले ६७ दशमलव २० अंकको अस्थिरता देखाएको थियो ।

यस साता पाँच दिन भएको कारोबारमा ६ अर्ब ३० करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो साता तीन दिन कारोबार हुँदा चार अर्ब १६ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । औसत दैनिक कारोबार एक अर्ब २६ करोड रुपैयाँको मात्र हुन सकेको छ । बजार घट्दा लगानीकर्ता ‘पर्ख र हेर’को रणनीति अपनाइरहेका छन् । सबैभन्दा धेरै सेयर किनबेच गर्ने कम्पनीमा एनआइसी एसिया बैंक, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी रहेका छन् । कम्पनीले दुई अर्ब रुपैयाँदेखि तीन अर्ब ४५ करोड रुपैयाँसम्मको कारोबार गरेका छन् ।