
नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत बनाउन र प्रवर्द्धन गर्न आफू लाग्ने बताएका छन् । शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र लिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकलाई समृद्धितर्फ लैजाने काममा पनि आफू लाग्ने बताए । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी रहेको भन्दै यादवले त्यसलाई निस्कर्षमा पु¥याउनका लागि आफ्नोतर्फबाट प्रयास हुने स्पष्ट पारे ।
‘मुलुक समृद्ध रुपमा अघि बढोस् । शान्ति प्रक्रियाका कामहरु निस्कर्षमा पु¥याउन बाँकी छ, त्यसलाई निस्कर्षमा पु¥याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ,’ उनले भने ।