१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १o:३५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ठेकेदारले टेरेन सरकारको निर्देशन : कमला नदीमा बनेन डाइभर्सन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३५:oo

हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा जिल्ला जोड्न कमला नदीमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनको अवस्था निर्माण गर्न विभागीय मन्त्रीले दिएको निर्देशनको अवज्ञा भएको छ । 

११ वर्षअघि निर्माण सुरु भएर अझै सम्पन्न हुन नसकेको कमला नदीमाथिको पुल अलपत्र परेपछि गत १५ फागुनमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले ठेकेदार कम्पनीलाई एक–दुई दिनभित्रै डाइभर्सन बनाउन निर्देशन दिएका थिए ।

भासिएको पुल निरीक्षणपछि मन्त्री श्रेष्ठले तत्काल सवारीसाधन गुड्ने गरी ह्युमपाइप राखेर डाइभर्सन बनाउन निर्देशन दिए पनि निर्माण कम्पनी लुम्बिनी बिल्डर्सले टेरेको छैन । मन्त्री श्रेष्ठले निर्देशन दिएको दुई साता बितिसक्दा पनि ह्युमपाइप राखेर डाइभर्सन नबनाइएको सिराहा नगरपालिका– ६ का रामचन्द्र यादवले बताए । निर्माण व्यवसायीले तत्काल डाइभर्सन नबनाए मन्त्रालय आफैँले कमला नदीमा आवतजावत सहज बनाउन ह्युमपाइप राखेर डाइभर्सन बनाउने बताएका थिए । ह्युमपाइप राखेर कमला नदीमा डाइभर्सन बनाउन सात थान ह्युमपाइप निर्माण स्थलमा पुर्‍याइए पनि काम अगाडि बढेको छैन ।

यस्तै, मन्त्री श्रेष्ठले दुई सातामा कमला नदीको भासिएको पुल निर्माणको काम सुरु हुने बताएका थिए । मन्त्रीको निर्देशन र घोषणाका बाबजुद पुल निर्माण कार्यले गति लिन सकेको छैन । अहिले दुवै जिल्लाका स्थानीय बाँसको अस्थायी पुलबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा जिल्ला जोड्ने गरी चार सय ७० मिटर लम्बाइको कमला नदीमा पक्की पुल निर्माण कार्य विगत ११ वर्षदेखि चलिरहेको छ । १७ असार ०७८ मा समान्य बाढीले कमला नदीको पुलको सिराहातर्फबाट पहिलो पाया भासिएपछि पुल अलपत्र परेको छ ।