१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ चैत २ बिहीबार ०७:२२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्पेन, पोर्चुगल र मोरक्कोको संयुक्त दाबी

सन् २०३० को विश्वकप फुटबल आयोजना गर्न युरोप र अफ्रिकी महादेशको संयुक्त दाबी

Read Time : > 1 मिनेट
२०७९ चैत २ बिहीबार ०७:२२:००

 स्पेन, पोर्चुगल र मोरक्कोले सन् २०३० को विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्न संयुक्त दाबी गर्ने भएका छन् । यसअघि, स्पेन र पोर्चुगलले मात्र दाबेदारी प्रस्तुत गरेका थिए । बुधबार दक्षिण अफ्रिकी राष्ट्र मोरक्कोले पनि सहआयोजकको दाबी प्रस्तुत गरेको छ । मोरक्को फुटबलले विश्वकप आयोजकमा स्पेन र पोर्चुगलसँग समावेश भएको जनाएको छ । 

स्पेन र पोर्चुगलसँग युक्रेनले पनि सहआयोजक हुने बताइएको थियो । तर, गत वर्षदेखि रुससँगको युद्धका कारण युक्रेन अहिले पछाडि हट्ने सम्भावना छ । युक्रेन फुटबल एसोसिएसनले युद्ध र प्रशासनिक मुद्दाहरूका कारण विश्वकप आयोजनाको दाबीबाट हात झिक्ने सम्भावना रहेको जनाएको छ । मोरक्को गत वर्ष नोभेम्बर र डिसेम्बरमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो । 

मोरक्को चौथो स्थानमा सीमित भयो । मोरक्कोका राजा मोहम्मद छैटौँले संयुक्त दाबी फुटबल इतिहासमा अभूतपूर्व हुने जनाएका छन् । ‘अफ्रिका र युरोप, उत्तरी र दक्षिणी भूमध्यसागर र अफ्रिकी, अरब र युरो–भूमध्यसागर संसारलाई एकसाथ ल्याउनेछ,’ उनले भनेका छन् ।

सन् २०१० मा मोरक्कोले विश्वकप आयोजनाको दाबी गरेको थियो । यसमा दक्षिण अफ्रिकाले बाजी मा¥यो । सन् २०३० को विश्वकप आयोजनाका लागि अर्जेन्टिनासँगै चार दक्षिण अमेरिकी राष्ट्रले संयुक्त दाबी गरिरहेको फिफाले जनाएको छ । अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त दाबी पेस गरेका हुन् । फिफाले सन् २०३० को विश्वकप आयोजक राष्ट्रको छनोट सन् २०२४ मा गर्नेछ ।

४८ राष्ट्र सहभागी हुने
फिफाले सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रबीच प्रतिस्पर्धा हुने जनाएको छ । तीन वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप आयोजना गर्नेछन् । यसमा ४८ राष्ट्रको सहभागिता रहने रुवान्डामा भएको फिफा कंग्रेस बैठकले निर्णय गरेको हो ।

अमेरिका, क्यानडा र मेक्सिकोका १६ सहरमा आयोजना हुने विश्वकपमा कुल १०४ खेल हुनेछन् । जहाँ १६ युरोपियन राष्ट्र प्रतिस्पर्धामा उत्रनेछन् । यसअघि ३२ राष्ट्रबीच विश्वकप भएको थियो । दुई महिनाअघि मध्यपूर्वी एसियाली राष्ट्र कतारले आयोजना गरेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । सोही विश्वकप नै ३२ राष्ट्रबीचको प्रतिस्पर्धा भएको अन्तिम भयो । 

सन् २०२६ को विश्वकपमा सहभागी राष्ट्रलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा चार राष्ट्र हुने फिफाले जनाएको छ । समूहको शीर्ष दुई राष्ट्रले नकआउट चरणमा स्थान बनाउनेछन् । उत्कृष्ट तेस्रो हुने आठ राष्ट्रले पनि नकआउट चरणमा स्थान बनाउनेछन् । 

रुवान्डास्थित किगालीमा भएको फिफा कंग्रेस बैठकले विश्वकपको ढाँचालाई परिवर्तन गर्दै ६४ बाट १०४ खेलमा विस्तार गर्ने निर्णय गरेको हो । फिफाका अनुसार अमेरिकाका ११, मेक्सिकोका तीन र क्यानडाका दुई सहरमा विश्वकप खेल हुनेछन् ।