१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव राजविराज
Invalid date format १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जातीय भेदभाव गर्ने पालिका अध्यक्षलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १८:१o:oo

जातीय भेदभाव गर्ने पालिका अध्यक्षलाई कारबाहीको गर्दै  दलित अधिकारकर्मीले ज्ञापनपत्र बुझाएका छन्। 

सिराहाको भगवानपुर गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादव सार्वजनिक पद धारण गरेको व्यक्ति भएकोले सामाजिक छुवाछूत तथा भेदभाव (कसुर र सजाय) ऐन २०६८ अनुसार सजायमा ५० प्रतिशत थप गरी कारबाही गर्न सप्तरीका दलित अधिकारकर्मीहरूले माग गरेका हुन्।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंलाई विभिन्न राजनीतिक दलका दलित भ्रातृ संगठन र सप्तरीमा दलित हकअधिकारका लागि क्रियाशील संघसंस्थाहरूले सामूहिक रूपमा ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन्।

सहज तरिकाले दोषीउपर कारबाही नगरिए थप आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने र आन्दोलनबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने मागपत्रमा उल्लेख छ।