१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format ११:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिन्धुलीकाे फिक्कलमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, २४ घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२o:oo

ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको बस सिन्धुलीमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । बा.२ख ६५९६ नम्बरको बस फिक्कल गाउँपालिका– ४ मा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो।
 
मृत्यु हुनेमा दुई महिला, दुई पुरुष र एक बच्चा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए। उनका अनुसार २४ जना घाइते भएका छन्। 

घाइतेको उद्धार गरी प्राथमिक उपचारका लागि खुर्कोट पठाइएको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले घटनास्थलबाट जानकारी दिए। घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ।

तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ। अनियन्त्रित भएर भित्तामा ठोक्किएको बसको आधाभन्दा बढी भाग पूर्ण रूपमा क्षति भएको छ।