१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोसी प्रदेश नामको विरोधमा बन्द गर्ने १३ पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:o९:oo

कोसी प्रदेशको नामांकन विरोधमा चक्काचाम गर्ने १३ बन्दकर्तालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेकामध्ये दमकबाट आठ, बिर्तामोडबाट तीन र काँकडभिट्टाबाट दुई गरेर १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

कोसी प्रदेश नामांकन विरोध गर्दै पहिचानवादीले कोसी प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ । प्रदेश सभाले प्रदेशको नाम कोसी राखेपछि आदिवासी–जनजाति आन्दोलनमा उत्रिएका छन्  । 

प्रदेश १ को पुनः नामांकन संघर्ष समितिले आइतबार चक्काजाम गरेको हो । चक्काजामका कारण सार्वजनिक यातायातका साधन चल्न सकेका छैनन् । सडकमा बसेर यातायात बन्द गराउन खोजेपछि दमक चोकमा प्रहरी र आन्दोलनकारीबीच केहीबेर घम्साघम्सीसमेत भएको थियो ।

ad
ad