१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका दार्चुला
२०७९ फाल्गुण २७ शनिबार १६:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दार्चुलामा अखिल र अखिल क्रान्तिकारीबीच चुनावी सहकार्य हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
२०७९ फाल्गुण २७ शनिबार १६:३१:००

दार्चुलामा एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीबीच स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा तालमेल हुने भएको छ। जिल्लामा प्रगतिशील बामपन्थीबीच पूरै प्यानलमा सहमति गरेर चुनावी तालमेल गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा चैत ५ र सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा चैत ८ गते स्ववियु निर्वाचन हुँदै छ। दुई विद्यार्थी संगठन र पार्टीका नेताहरूको उपस्थितिमा स्ववियुमा सहकार्य गरेर जाने विषयमा लिखित सहमति भएको हो।

विद्यार्थी संगठनले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ६ वटा क्याम्पसमा प्यानलसहित उम्मेदवारी दिने गरी सहमति गरेका छन्। जसअनुसार ४ वटा क्याम्पसमा एमालेनिकट अखिल र २ वटा क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले सभापति लिनेछन् ।

अखिलले दार्चुला बहुमुखी क्याम्पस खलंगा, कृष्ण स्नातक क्याम्पस लाली, शंकरपुर क्याम्पस पस्ती र राष्ट्रिय क्याम्पस दत्तु तथा अखिल क्रान्तिकारीले गोकुलेश्वर बहुमुखी क्याम्पस र लटिनाथ क्याम्पसमा नेतृत्व लिने सहमति भएको हो।