Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ फाल्गुण २६ शुक्रबार १०:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुर्खेतमा इन्फिनिटी लघुवित्तको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २६ शुक्रबार १०:४०:००

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सुर्खेतमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थाले सुर्खेत शाखाअन्तर्गतका एक सय ६१ जना समूह अध्यक्षहरूको उपस्थितिमा कार्यक्रम गरेको हो ।  

कार्यक्रमका प्रमुख अतिथि असुली तथा जोखिम व्यवस्थापन विभागका प्रमुख नयन देवकोटाले वित्तीय साक्षरता तथा आधुनिक डिजिटल प्रविधि तथा मोबाइल बैंकिङसँग सम्बन्धित विषयमा प्रशिक्षण दिएको जनाइएको छ । शाखामा भएका कुल एक सय ८२ समूहमध्येबाट तीनवटा समूह पुरस्कृत भएको तथा उत्कृष्ट व्यवसायी सदस्य कमला दर्लामीलाई समेत सम्मान गरिएको असुली तथा जोखिम व्यवस्थापन विभागका प्रमुख देवकोटाले बताए । 

संस्थाको वर्तमान अवस्थाबारे शाखाका प्रमुख विश्वेश्वर विष्टले जानकारी दिएको संस्थाले जनाएको छ । कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग, सामूहिक प्रयासका लागि विष्णुकुमारी शाहीको अध्यक्षतामा समितिसमेत गठन गरेको जनाइएको छ ।