१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o७:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

चैत दोस्रो साता हुने न्यायिक सम्मेलनले पालिकाहरूलाई मार्गदर्शन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o७:२o:oo

१५ र १६ चैतमा आयोजना हुने ‘न्यायिक समिति राष्ट्रिय सम्मेलन’मा भाग लिन काठमाडौं महानगरपालिकाले देशभरका सबै पालिकालाई निमन्त्रणा गरेको छ । महानगरकी उपप्रमुख एवं न्यायिक समितिकी संयोजक सुनीता डंगोलको अध्यक्षतामा बिहीबार बसेको सम्मेलन आयोजक मूल समारोह समितिको बैठकमा सबै पालिकालाई निमन्त्रणा गरेको जनाइएको हो ।

समितिका सदस्यसचिव एवं कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यले सबै पालिकालाई इमेलमार्फत निमन्त्रणा गरिसकेको जानकारी दिए । उपप्रमुख डंगोलले सम्मेलनलाई प्रभावकारी बनाउन नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघमार्फत पनि निमन्त्रणा पठाएको उल्लेख गरिन् । उनले भनिन्, ‘सबै पालिकाबाट न्यायिक समितिका संयोजक वा उहाँ उपस्थित हुन नसक्ने अवस्थामा समितिका सदस्यलाई सम्मेलनमा सहभागी गराउन चाहन्छौँ ।’ 

बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सम्मेलनले पालिकालाई मार्गनिर्देश गर्न सकोस् भनेर शुभकामना दिए । बैठकमा समितिका सदस्यसचिव वसन्त आचार्यले पेस गरेको कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सत्राध्यक्षको नाम अनुमोदन भएको छ ।

ad
ad